काठमाडौं– महालक्ष्मी लाइफले राष्ट्रिय बिमा जागरण अभियानअन्तर्गत बर्दिवास, जनकपुर, लहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले बर्दिवासको नवक्षितिज कलेजमा यही मंसिर १३ गते ७० युवा विद्यार्थीहरूलाई बिमासम्बन्धी प्रशिक्षण दिएको हो। सोही दिन दिउँसो जनकपुरको मोडेल मल्टिपल कलेजमा पनि १३० विद्यार्थीलाई बिमासम्बन्धी प्रशिक्षण दिएको कम्पनीले जनाइएको छ।
मंसिर १४ गते लाहानको जेएस मुरारका बहुमुखी क्याम्पसमा पनि १३० विद्यार्थीलाई प्रशिक्षण दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए। मंसिर १५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा पनि कम्पनीले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५० विद्यार्थीको सहभागिता रहेको थियो।