शुक्रबार, असोज १६, २०८३

रियल मीले ल्यायो नार्जो सिरिज

स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सिरिज ल्याएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सिरिज ल्याएको छ।

रियलमीले स्ट्राटेजिक पार्टनर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सिरिज नार्जो ५० आई र नार्जो ५० ए ल्याएको हो। यी फोन युवापुस्ताको छनोटमा रहेको कम्पनीले जनाएको छ।

मुरारका ग्रुपका निर्देशक शिरीष मुरारकाले यी फोनमा गेमिङ प्रोसेसर रहेको र अत्याधुनिक प्रविधियुक्त रहेको बताए। यी फोनहरूको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरूको मन जित्ने उनले बताए।

४ जीबी प्लस ६४ जीबीको नार्जो ५० ए को मूल्य १९ हजार ५०० रुपैयाँ र ४ जीबी प्लस १२८ जीबीको २१ हजार २०० रहेको कम्पनीले जनाएको छ। यस्तै, २ जीबी प्लस ३२ जीबी रहेको नार्जो ५० आईको बजार मूल्य १३ हजार र ४ जीबी प्लस ६४ जीबीको १५ हजार ५०० रुपैयाँ छ।

प्रकाशित: Dec 02, 2021| 14:20 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्