काठमाडौं– नेपाल क्लियरिङ हाउसले मंसिर ७ गतेबाट लागु हुने गरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ।
नयाँ कारोबार शुल्क अनुरूप बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम बमोजिम २ रुपैयाँदेखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन्।
रु. ५०० सम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ, ५०० भन्दा माथि ५ हजारसम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ र ५ हजार माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लाग्ने जनाइएको छ।