शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नाडा अध्यक्षमा प्यानलसहित करण चौधरीले गरे उम्मेदवारी घोषणा

नाडा अध्यक्षमा प्यानलसहित करण चौधरीले गरे उम्मेदवारी घोषणा

अटोमोबाइल्स व्यवसायी करण चौधरीले नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। बुधबार उनले कार्यक्रम आयोजना गरेर प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– अटोमोबाइल्स व्यवसायी करण चौधरीले नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। बुधबार उनले कार्यक्रम आयोजना गरेर प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।

‘नाडाको गरिमा, व्यवसायीको साथ, बलियो संगठन, अटुट विश्वास’ भन्ने नारासहित उनले उम्मेदवारी घोषणा गरे। नाडाका महासचिव सुनिल रिजालका अनुसार कार्यसमितिको संख्या बढाएर १७ बनाइएको छ।

करणको प्यानलका १७ जना सदस्यहरूमा सुनिल रिजाल, अनुप बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश कपुरी, निलममणि पाठक, वरदान बस्नेत, निसान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी छन्। नाडाको ४५ औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन यही मंसिर २२ र २३ गते काठमाडौंमा हुँदैछ। 

निर्वाचित अध्यक्षसहितको कार्यसमितिले अन्य पदाधिकारीहरूको टुंगो लगाउने व्यवस्था नाडाको विधानमा छ ।


प्रकाशित: Dec 02, 2021| 11:20 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्