शुक्रबार, असोज १६, २०८३

५.२८ अंकले बढ्यो नेप्से

कारोबारमा अएका उपसूचकमध्ये होटल तथा पर्यटन, निर्जीवन बिमा, माइक्रोफाइनान्स र जीवन बिमा समूहको सूचक राताे देखिएका छन् भने बाँकी सबै समूहका सूचीमा हरियाली छाएको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ। नेप्से ५.२८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। 

आज कारोबार रकम भने बढ्न सकेको छैन। कारोबारमा आएका २२३ कम्पनीले ३७ हजार ५८५ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ७४ करोड २० लाख बराबरको कारोबार भएको छ। कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ। बैंकले आज १४ करोड ३१ लाखभन्दा बढीको कारोबार गरेको छ।    

कारोबारमा अएका उपसूचकमध्ये होटल तथा पर्यटन, निर्जीवन बिमा, माइक्रोफाइनान्स र जीवन बिमा समूहको सूचक राताे देखिएका छन् भने बाँकी सबै समूहका सूचीमा हरियाली छाएको छ। 

नेप्सेका अनुसार आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। सामलिङ पावर कम्पनीको सेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ४६१ दशमलव ४० रुपैयाँ पुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ९ दशमलव ३९ प्रतिशतले बढेर प्रतिकित्ता ९८० रुपैयाँ  पुगेको छ।

न्यादि हाइड्रोपावरको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ३७५ दशमलव ६० रुपैयाँ पुगेको छ। आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै नोक्सान व्यहोरेका छन् । कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतभन्दा बढीले घटेको छ। 

प्रकाशित: Dec 01, 2021| 15:50 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्