शुक्रबार, असोज १६, २०८३

सुनचाँदीको मूल्य घट्यो, आजको बजार भाउ कति?

साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार नौ सय रुपैयाँ कायम भएकोमा आज चार सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको हो।

आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

प्रकाशित: Dec 01, 2021| 13:02 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्