शुक्रबार, असोज १६, २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर ९१ हजार ९०० कायम भएको छ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं– सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला  १०० रुपैयाँले घटेर ९१ हजार ९०० कायम भएको छ। पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५००  थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २०५ तोकिएको महासंघले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Nov 30, 2021| 11:41 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्