बिहीबार, पुस ३, २०८२

टेकु अस्पतालका निर्देशक अनुपलाई हटाएर मनिषा ल्याउने तयारी, क-कसको हुँदैछ सरुवा?

शुक्रराज अस्पतालको जिम्मेवारी डा. मनिषा रावललाई दिने तयारी भएको छ। रावल पहिला पनि शुक्रराज अस्तपालको निर्देशक बनिसकेकी थिइन्।
 |  आइतबार, मंसिर १२, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्मचारीहरुको सरुवा गर्ने तयारी गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेललाई कर्मचारीको सरुवाको फाइल तयार पार्ने केही दिनअघि निर्देशन दिएका थिए। डा पोखरेलले सूची तयार गरी मन्त्रीको टेबलमा पेस गरिसकेको स्वास्थ्यका एक उच्च अधिकारीले जानकारी दिए। 

National life

स्वास्थ्य सचिव डा रोशन पोखरेल विश्व स्वास्थ्य संगठनको कार्यक्रमका लागि शनिबार नै स्विटजरल्यान्डको जेनेभा जाने भएकाले हस्ताक्षर गरेर स्वास्थ्यमन्त्री समक्ष फाइल पठाइसकेको ती कर्मचारीको भनाइ छ। आइतबार सबै कर्मचारीको फाइलमा स्वास्थ्यमन्त्रीले हस्ताक्षर गरी पत्र तयार गर्ने भनेपनि ३ बजेसम्म सरुवा गरिएका कर्मचारीको चिठ्ठी बनिसकेको छैन। स्रोतका अनुसार आज बेलुकासम्म सबैको चिठ्ठी बनिसक्ने गरी मन्त्री अघि बढेको बताइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई सरुवा गरेर सार्क क्षयरोग केन्द्रमा पठाउन लागिएको छ। केन्द्रका प्रमुख डा. तारानाथ पोखरेललाई मन्त्रालयकै नीति, योजना तथा अनुगमन महाशाखामा ल्याउने तयारी गरिएको छ। डा. गुणराज लोहनी प्रमुख विशेषज्ञमा बढुवा भएपछि उक्त महाशाखा खाली थियो।

शुक्रराज अस्पतालको जिम्मेवारी डा. मनिषा रावललाई दिने तयारी भएको छ। रावल पहिला पनि शुक्रराज अस्तपालको निर्देशक बनिसकेकी थिइन्।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले जोखिमको समयमा कोरोना संक्रमितको उपचारमा सक्रिय रहेका डा अनुप बास्तोलालाई संक्रमितको उपचारबाट नै बञ्चित गराउन गरी सरुवा गर्ने निर्णय गरेकोमा मन्त्रालका कर्मचारीहरु नै रुष्ट बनेका छन्। 

Laxmi sunrise bank
kumari

खतिवडाले आर्थिक चलखेलका आधारमा डा बास्तोलालाई हटाउने निर्णय गरेको आरोप मन्त्रालयकै कर्मचारीहरुको छ। मन्त्रीको दबाबमा डा अनुपको सरुवाको पत्र समेत तयार भइसकेको छ।

त्यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा संगीता मिश्रालाई मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिने तयारी छ। उक्त महाशाखामा रहेकी रीता भण्डारी जोशीलाई मन्त्रालयमा नै महाशाखाविहिन बनाइन लागिएको छ। त्यस्तै प्रसूतिगृहमा अस्पतालकै डा अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिन लागिएको छ।

डा अनुज भट्टचनलाई गण्डकी प्रदेशमा सरुवा गर्ने तयारी गरिएको छ। भट्टचनलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारीका लागि पठाउने तयारी भएको छ। गत असार ८ गते गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी डा. विनोद बिन्दु शर्मालाई दिइएको थियो। 

त्यस्तै स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख केदार पराजुलीलाई हटाइएको छ। उनको ठाउँमा हालै स्तर बृद्धि भएका ललित थापालाई ल्याइएको छ। 

स्वास्थ्य सचिव डा. रोशन पोखरेल विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन जेनेभा जानु अघि कर्मचारीको सरुवा गरेर हिँडेका हुन्।

प्रकाशित: Nov 28, 2021| 15:57 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्