बिहीबार, पुस ३, २०८२

टेकु अस्पतालका निर्देशक फेर्ने स्वास्थ्यमन्त्री खतिवडाको तयारी!

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक फेर्ने तयारी गरेका छन्।
 |  शनिबार, मंसिर ११, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक फेर्ने तयारी गरेका छन्।  मन्त्री खतिवडाले अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई हटाउने तयारी गरेको मन्त्रालय स्रोतको भनाइ छ।

National life

शुक्रराज अस्पतालको निर्देशक परिवर्तन मन्त्री खतिवडाको तयारीप्रति मन्त्रालयकै उच्च अधिकारीहरूसमेत असन्तुष्टि बनेको स्रोतको दाबी छ।  'शुक्रराजका निर्देशक हटाउने विषयमा मन्त्रीको तयारी छ। उच्च अधिकारी नै असन्तुष्ट भएकाले मन्त्रीले गरेको निर्णय आधिकारिक रूपमा बाहिर आइसकेको छैन,' मन्त्रालयका ती अधिकारी भन्छन्, ‘शुक्रराजका निर्देशकलाई हटाउनु पर्ने कारण देखिँदैन, विना कारण हटाएको निर्णय भए मन्त्री विवादमा तानिने सम्भावना छ।’  

यसअघि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई पदाधिकारीलाई हटाएर विवादमा तानिएका थिए। 

डा. बास्तोला गत असार १४ गते शुक्रराज अस्पतालको निर्देशकमा नियुक्त भएका थिए। अस्पताल निर्देशकको जिम्मेवारी पाएपछि सुधारका कामलाई प्राथमिकता दिएको बताउने गरेका बास्तोला कोरोना संक्रमणको सुरुवाती चरणदेखि नै खटिँदै आएका थिए। कोभिडको पहिलो र दोस्रो लहरको समयमा टेकु अस्पतालको सह्रानीय काम गरेको भन्दै उनको प्रशंशा समेत भएको थियो। सुरुदेखि नै कोभिड युनिटको नेतृत्व गरेका उनले निर्देशकको जिम्मेवारी सम्हाले लगत्तै अस्पतालको क्षमता विस्तार गरी ३ सय शय्या पुर्‍याउने योजनाका काम अघि बढाएका थिए। 

कुनै समय कुकुरले टोक्दा रेबिजको खोप लगाउने अस्पतालको रूपमा मानिएको शुक्रराज अस्पतालको स्तरोन्ततिका थुप्रै काम तत्काल गर्नुपर्ने डा. बास्तोलाले बताउने गरेका थिए। 

Laxmi sunrise bank
kumari

बास्तोला निर्देशक भएको ६ महिना नपुग्दै उनलाई निर्देशकबाट हटाउने चलखेल भएको हो। मन्त्रालयले यस विषयमा डा बास्तोलालाई जानकारी गराइसकेको समेत स्रोतको भनाइ छ। 

स्वास्थ्य सचिव डा. रोशन पोखरलले शुक्रराज अस्पतालका निर्देशक हेरफेर गर्ने विषयमा आफूलाई जानकारी नभएको दाबी गरे। 

शुक्रराज अस्पतालका एक कर्मचारीले भने डा बास्तोलाले अस्पताल सुधारका योजना र कामलाई अघि बढाएकाले राजनीति गर्ने केही कर्मचारी उनीप्रतिप्रति असन्तुष्ट बनेका छन्। 'डा बास्तोलाले त्यस्ता कर्मचारीको स्वार्थ पूर्ति हुने गरी काम नगरेका कारण उनीहरू असन्तुष्ट बनेका हुन्। उनीहरूको राजनीतिक पहुँच पनि ठूलै छ,' अस्पतालका ती कर्मचारी भन्छन्, 'उहाँ (बास्तोला)को विषयमा मन्त्रीलाई गलत रिपोर्टिङ गरिएको हुनुपर्छ।'

प्रकाशित: Nov 27, 2021| 07:53 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्