शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्धनको मूल्यवृद्धि र स्थानीय चुनावले महँगी झन् बढ्न सक्छ : राष्ट्र बैंक

इन्धनको मूल्यवृद्धि र स्थानीय चुनावले महँगी झन् बढ्न सक्छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धि र आगामी स्थानीय निर्वाचनले झन् मूल्यवृद्धि हुन सक्ने औंल्याएको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धि र आगामी स्थानीय निर्वाचनले झन् मूल्यवृद्धि हुन सक्ने औंल्याएको छ। शुक्रबार चालु आर्थिक वर्ष २०७८–०७९को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो औंल्याएको हो। 

‘चालु आर्थिक वर्षमा हुने स्थानीय तहको निर्वाचनमा हुने खर्चले समष्टिगत माग थप विस्तार भई मूल्य र आयातमा समेत चाप पर्ने स्थिति छ,’ समीक्षामा उल्लेख छ, ‘पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले समेत नेपालको मुद्रास्फीति बढ्ने देखिएको छ।’

राष्ट्र बैंकले केही समय अघिमात्रै सम्पन्न गरेको मुद्रास्फीति सर्वेक्षणमा समेत आगामी दिनमा मूल्य वृद्धिमा थप चाप पर्ने उल्लेख छ। राष्ट्र बैंकले पछिल्लो समय कोभिडको प्रभाव कम हुँदै गएकोले पर्यटक आगमन बढ्न थालेको र विद्युत निर्यात सुरु भएका लगायतका कारणले आर्थिक पुनरुत्थानले गति लिने उल्लेख गरेको छ। 


प्रकाशित: Nov 26, 2021| 15:36 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्