शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर धितो कर्जा यथावत्, वस्तु आयातमा कडाइ [मौद्रिक नीति समीक्षाको पूर्णपाठ]

सेयर धितो कर्जा यथावत्, वस्तु आयातमा कडाइ [मौद्रिक नीति समीक्षाको पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको सेयर धितो कर्जा यथावत् राखेको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको सेयर धितो कर्जा यथावत् राखेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै उक्त व्यवस्था यथावत् राखेको हो। 

केन्द्रीय बैंकको यो नीतिका कारण सेयर बजार घटिरहेको गुनासो लगानीकर्ताले गर्दै आएका थिए। राष्ट्र बैंकले उक्त व्यवस्था संशोधन गर्ने अपेक्षा गरिएको भए पनि त्यसमा कुनै परिवर्तन गरेन। बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सेयर धितो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिमामार्फत मिलाइएको छ। 

राष्ट्र बैंकले नीतिको समीक्षमा वस्तु आयातलाई भने कडाइ गरेको छ। विदेशी विनीमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिने भएको छ। ‘डकुमेन्ट एगेन्स्ट पेमेन्ट र डकुमेन्ट एगेन्स्ट एसेप्टेन्स’को विद्यमान सीमा पुनरावलोकन गरिने समीक्षामा उल्लेख छ।

ड्राफ्ट टिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ। विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायत विद्यमान व्यवस्था पनि पुनरावलोकन गरिने भएको छ। 

प्रकाशित: Nov 26, 2021| 13:07 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्