शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलको स्वास्थ्यसम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

एनसेलको स्वास्थ्यसम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दूरदराजका सेवाबाट वञ्‍चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्‍चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दूरदराजका सेवाबाट वञ्‍चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्‍चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको कम्पनीले जनाएको छ।

कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेस समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तानतरण गरेका थिए। वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाइन्स (विट्सा) र एसियन ओसियनियन कम्प्यूटिङ इण्डष्ट्री अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासंघले नेपालको प्रतिनिधित्व गर्दछ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा ई(हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर–एनजीओ) विधाअन्तर्गत जितेको हो ।

त्यस्तै गत कात्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वर्ल्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो। यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरु  एसोसीओ अवार्डबाट सम्मानित भएका थिए।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत प्रविधि तथा तथ्याङ्‍कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाइ ग्रामीण, दूरदराजका सेवाबाट वञ्‍चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको थियो। उक्त कार्यक्रम धुलिखेल अस्पतालअन्तर्गतका विभिन्न ग्रामीण भेगका चार स्वास्थ्य केन्द्रहरुमा लागू गरिसकिएको छ। यस कार्यक्रमअन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत् धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन्।

प्रकाशित: Nov 26, 2021| 12:58 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्