शुक्रबार, असोज १६, २०८३

गुण एयरलाइन्सले सुरु गर्‍यो चितवन-पोखरा उडान

भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

भरतपुर- निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी गुण एयरलाइन्सिले चितवन-पोखरा उडान सुरु गरेको छ। चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनकै बेला गुणले  यी दुई सहर जोड्ने गरी उडान सुरु गरेको हो। 

भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए। 'महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ। विमानस्थलमा पनि भीडभाड बढेको छ,' उनले भने। 

असोज १ गतेदेखि काठमाडौँ-चितवन उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्षित गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको हो। गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो। 

प्रकाशित: Nov 25, 2021| 15:06 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्