काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ रहेको छ। बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ रहेको थियो।
आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ कायम भएको छ।