काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको स्वीकार गरेका छन्।
नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै मुलुकको राजस्वले चालु खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र नीजी स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए।
अर्थमन्त्री शर्माले नीजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा बताएका छन्। अर्थमन्त्री शर्माले नीजी क्षेत्रको लगानी राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनुपर्ने बताए।
उनले भने, 'अहिले सरकारको बजेट र लगानी सानो छ, हामीले निर्माण गरेका संरचनाहरुको खर्च गर्ने प्रवृति हेर्दा चालु खर्चलाई मात्रै पनि धान्न समस्या छ। यसले गर्दा नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ र राजस्वले चालु खर्च पनि धान्न मुस्किल भएको छ। भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त बन्दै गएको छ। कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको छैन, त, नीजी क्षेत्रको खाजेजस्तो सहुलियत पुरा गर्ने प्रयास जारी छ।’
अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको बताए।
त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताएका छन्। गभर्नर अधिकारीले हामीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताए। तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको उनले बताए।
उनले थपे, 'गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको छ। अहिले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको छ। अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको छ। यसरी चाप गर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको छ।'
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाँडै माथि उठ्न सक्ने अवस्थामा पुगेको बताए। अध्यक्ष उनले भने, ‘कोरोना महामारीको कारण थला परेका पर्यटन, संचार, साना तथा मझौला उद्यम व्यवसाय तथा बैंकिङ क्षेत्र अझै समस्याग्रस्त छ, त्यसैले साना उद्योगको लागि विशेष कार्यक्रम ल्याउन आवश्यक छ।’
त्यस्तै,अध्यक्ष गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग लिनु पर्ने बताएका छन्। उनले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्नेसमेत बताए। एमसीसी देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्ने उनको भनाइ छ।