शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेञ्चुरी बैंकको खाता ‘खल्ती’सँग जोड्दा सय रुपैयाँ बोनस

सेञ्चुरी बैंकको खाता ‘खल्ती’सँग जोड्दा सय रुपैयाँ बोनस

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सेन्चुरी बैंक खाता ‘खल्ती’ सँग लिङ्क गर्ने जो कोहीले १०० रुपैँया बोनस प्राप्त गर्ने भएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सेन्चुरी बैंक खाता ‘खल्ती’ सँग लिङ्क गर्ने जो कोहीले १०० रुपैँया बोनस प्राप्त गर्ने भएको छ। साथै एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका समेत पाउने बताइएको छ।

उक्त बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने कम्पनीले बताएको छ। कम्पनीका अनुसार प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ। त्यसै गरी प्रयोगकर्ताको ‘खल्ती’ वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ।

केही सेकेण्डमा नै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ‘खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिनेछ।

यस बोनस अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म ’खल्ती’ सँग सेन्चुरी बैंक लिंक गर्ने जो कोहिलाई लागु हुने बताइएको छ।

प्रकाशित: Nov 23, 2021| 15:19 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्