शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा १६ सय घट्यो

छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार ३०० तोकिएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार ३०० तोकिएको छ।

अधिल्लो दिन प्रतितोला रु. ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु. एक हजार ६०० ले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ८०० कायम भएकामा सोमबार प्रतितोला रु. ९३ हजार ४०० पुगेको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ले घटेर रु. एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ।


प्रकाशित: Nov 23, 2021| 12:03 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्