काठमाडौं- पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ। नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको हो।
गत असोजमा कूल रु ४२ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुमा मङ्सिरको पहिलो सातासम्म रु ४२ खर्ब २६ अर्ब कायम भएको छ।
वाणिज्य बैंकको कर्जा भने रु ४३ अर्बले बढेको छ। गत असोज मसान्तसम्मको कूल रु ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको मंसिर पहिलो सातासम्म कूल रु ४० खर्ब ४१ अर्ब पुगेको छ।