शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एमसीसीबारे गठबन्धनले निर्णय गर्छ : अर्थमन्त्री शर्मा

एमसीसीबारे गठबन्धनले निर्णय गर्छ : अर्थमन्त्री शर्मा

'यस (एमसीसी)बारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ,' देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि वर्तमान सरकार बनेको उल्लेख गर्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताएका हुन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन्। चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताएका हुन्।

'यस (एमसीसी)बारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ,' देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि वर्तमान सरकार बनेको उल्लेख गर्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताएका हुन्।

अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको उल्लेख गरे। 

फरक प्रसङ्गमा बोल्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताए।

धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उनले सरकारले गर्ने सहयोगका विषयमा छलफल भइरहेको बताए। 'थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु। मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस् भनेको छु,' उनले भनेका थिए। 

प्रकाशित: Nov 21, 2021| 21:05 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्