शुक्रबार, असोज १६, २०८३

‘सिटी आयो लखपति बनायो’ योजना समापन

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाका पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गरेको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाका पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक  गरेको छ। कात्तिक महिनाको विजेता घोषणासँगै कम्पनीले योजना समापन भएको जनाएको छ।

योजना अन्तर्गत पाँचजनाले जनही एक लाख रुपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जनाएको छ। कम्पनीले विद्युतीय प्रणालीबाट विजेता छनौट गर्दा साउदीबाट रेमिट्यान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेसियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन्।   

सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०७८ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना भदौ ३१ गते घोषणा गरेको थियो। सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई  १०,००० उपहार प्रदान गरेको छ।

साथै हरेक महिना पाँच जनालाई  १–१ लाख गरी दुई महिनासम्म १० जना लखपति बन्न सफल भएको जनाएको छ।

प्रकाशित: Nov 19, 2021| 13:30 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्