काठमाडौं- पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरू खुल्ने क्रम बढ्दो छ। यससँगै कफी पारखीहरू माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १०औं आउट लेट विस्तार गरेको छ। विराटनगर को रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो ।
सन् २०१२ बाट थापाथलीबाट सुरुवात भएको रेडमड कफी ले मनाङदेखि पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो सेवा प्रदान गर्न सफल भएको छ। अहिले काठमाडौंको नयाँ बानेश्वर, दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल, थापाथलीमा रेडमड कफी सञ्चालनमा आइरहेको छ।
यससँगै रेडमड कफीले अब चाडै नै अन्य ठाउँमा पनि आउटलेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईंले बताएका छन्। साथै रेडमड कफीसँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजका लागि कार्यालयमा सम्पर्क गर्न सक्ने पनि बताए।
विशेष गरी कफी पारखीको लागी शान्त वातावरणमा साथी भाइसँग जमघट अथवा कुनै पनि अफिसियल मिटिङका लागि उचित स्थान भएकोले पनि रेडमड कफी युवा पुस्तामाझ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ।