शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजारमा पठाइसकेका ३ कम्पनीका गुणस्तरहीन सिमेन्ट फिर्ता गर्न सरकारको निर्देशन

बजारमा पठाइसकेका ३ कम्पनीका गुणस्तरहीन सिमेन्ट फिर्ता गर्न सरकारको निर्देशन

गुणस्तर तथा नापतौल विभागले गरेको अनुसन्धानमा तीनै कम्पनीका उत्पादन गुणस्तरहीन रहेको पाइएका हुन्।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- मारुती, जगदम्बा र युनाइटेड सिमेन्ट गुणस्तरहीन रहेको पाइएको छ। गुणस्तर तथा नापतौल विभागले गरेको अनुसन्धानमा तीनै कम्पनीका उत्पादन गुणस्तरहीन रहेको पाइएका हुन्।

सिमराको मारुती सिमेन्ट उद्योगबाट संकलति ओपीसी ४३ ग्रेडको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ (एमपीए) ७ दिनको ३३ र २८ दिनको ४३ एमपीए रहेको पाइएको हो। नेपाल गुणस्तर मापदण्ड ५७२ अनुसार उक्त मान क्रमशः ३१ र ३७ हुनुपर्ने थियो। यसरी पमादण्ड विपरित पाइएको उक्त ओपीसी ४३ ग्रेडको बिक्री वितरणमा रोक लगाइएको गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ। 

उक्त ग्रेडको सिमेन्ट विक्री वितरणमा रोक लगाई सो ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन पनि निर्देशन दिइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको  छ। मारुती सिमेन्ट सिमरालाई १५ दिन भित्र स्पष्टिकरण दिन समेत विभागले निर्देशन दिएको छ।

त्यस्तै युनाइटेड सिमेन्ट ओपीसी ५३ ग्रेडको कम्प्रेसिभ स्ट्रेन्थ ७ दिनको ३७६ एमपीए र २८ दिनको ५३ एमपीए रहेको पाइएको हो। नेपाल गुणस्तर मापदण्ड ५७२ अनुसार उक्त मान क्रमशः ३५ र ३९ हुनुपर्ने विभागको भनाई थियो। सो ग्रेडको सिमेन्टको बिक्री वितरणमा पनि रोक लगाइएको विभागले जानकारी दिएको छ। ब्याचका सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिई १५ दिन भित्र स्पष्टिकरण पेश गर्न विभागले युनाइटेड सिमेन्ट उद्योगलाई निर्देशन दिएको जानकारी दिएको छ।

त्यस्तै जगदम्बा सिमेन्टको पीपीसी ब्राण्डमा कम्प्रेसिभ स्ट्रेन्थ ३ दिनको १५ एमपीए र ७ दिनको २० एमपीए पाइएको विभागले जानकारी दिएको छ। विभागका अनुसार सो ब्राण्डको उक्त मान क्रमशः १६ र २२ हुनुपर्ने थियो। विभागले जगदम्बा सिमेन्टको त्यो ब्याचको उत्पादनलाई पनि बिक्री वितरणमा रोक लगाएको उल्लेख गरेको छ। बजारमा पठाइएका सो ब्याचका नमुना समेत फिर्ता गर्न भनिएको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: Nov 18, 2021| 13:14 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्