शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बुधबार पनि नेप्सेमा हरियाली, ३ दिनमा ११३ अंकको वृद्धि

बुधबार पनि नेप्सेमा हरियाली, ३ दिनमा ११३ अंकको वृद्धि

बुधबार उकालो लागेको नेप्सेमा ७ अर्ब ३७ करोडभन्दा बढीको कारोबार भएको छ। बुधबार ९४ वटा कम्पनीको सेयर मूल्य बढेको भने ८८ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्य स्थिर छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- साताको चौथो दिन बुधबार पनि सेयर बजार बढेको छ। बुधबार नेप्सेमा १६.९५ अंक वृद्धि भएर सूचक २८०१.५२ मा पुगेको हो। 

बुधबार उकालो लागेको नेप्सेमा ७ अर्ब ३७ करोडभन्दा बढीको कारोबार भएको छ। ९४ वटा कम्पनीको सेयर मूल्य बढेको  नेप्सेमा ८८ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्य यथावत छ।

पछिल्ला तीन दिन लगातार उकालो लागेको नेप्सेमा ११३ अंकले वृद्धि भएको छ। आइतबार २६८८ अंकमा नेप्से बन्द भएको थियो। सोमबारदेखि नेप्सेको हरियाली यात्रा बुधाबार पनि कायमै भएको हो। 

प्रकाशित: Nov 17, 2021| 16:23 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्