शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य प्रतितोला ५०० ले घट्यो

नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले ओरालो लागेर ९४ हजार ३०० तोकिएको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले ओरालो लागेर ९४ हजार ३०० तोकिएको छ। पहेँलो धातु मङ्गलबार प्रतितोला ९४ हजार ८०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको बुधबारको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएको छ यसको मूल्य मंगलबार प्रतितोला ९४ हजार ३००  थियो।

त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २८० तोकिएको महासंघले जनाएको छ। चाँदी आइतबार प्रतितोला एक हजार २९० मा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपासमा कारोबार भइरहेको छ। 

प्रकाशित: Nov 17, 2021| 12:47 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्