शुक्रबार, असोज १६, २०८३

'खल्ती'को सीईओमा खड्का

डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ खड्का नै भएको ‘खल्ती’ले दाबी गरेको छ। खड्का २७ वर्षको उमेरमा सीईओ भएका हुन्।

सीईओ नियुक्त भएपछि खड्काले ‘खल्ती’को वित्तीय र डाटा सुरक्षालाई प्राथमिकता दिने भिजनमा काम गर्ने बताए। भने, ‘म यस उद्योगलाई थप सुविधा र सहजताको साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरी भुक्तानीको लागि मात्र प्रयोग हुने दायरा भन्दा बाहिर लग्न चाहन्छु।’

खल्ती डिजिटल वालेट हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो। ‘खल्ती’ का प्रयोगकर्ताको संख्या २० लाखभन्दा बढी छ।


प्रकाशित: Nov 17, 2021| 12:25 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्