शनिबार, चैत १४, २०८२

मृगौला रोगबाट कसरी बच्‍ने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- हरेक वर्ष झैं असार २० गते आज ‘जीवनको लागि मृगौला’ नारा साथ मृगौला दिवस मनाइँदैछ।
 
राष्ट्रिय मृगौला उपचार केन्द्रको तथ्याङ्क अनुसार नेपालमा २६ लाख मानिसमा मृगौलाको समस्या रहेको छ । ती मध्य दुई लाख ६० हजारमा गम्भीर समस्या रहेको तथा २६ हजारको मृगौला बिग्रिएको केन्द्रले जनाएको छ।

मृगौला दिवसको अवसरमा अस्पताल तथा विभिन्न संघसंस्थाहरुको निशुल्क मृगौला परिक्षण कार्यक्रमको आयोजना गरेका छन्।

चिकित्सकका अनुसार मानिसको शरीरमा मृगौलाले एक फिल्टरको काम गर्छ। रगतमा भएको रेनल फङसन, सोडियम, पोटासियम, युरिया र क्रियटिनाईन समय समयमा जाँच गर्नाले मृगौला रोगबाट हामी टाढा रहनसक्छौं।

मृगौला रोगबाट कसरी बच्ने ?

१) प्रशस्त पानी पिउने 

नियमित रुपमा प्रशस्त पानी नपिउनाले सबैभन्दा पहिलो खराब प्रभाव मृगोलामा पर्छ। पानीको अभावले मृगौलाले रगत सफा गरेर अनावश्यक फोहोर शरीरबाट फ्याँक्न गाह्रो गर्छ जसको परिणाम शरीरमा विषाक्त तत्व जम्मा भई स्वास्थ्य बिर्गाने काम गर्दछ।

२) नुनको कम प्रयोग

अत्यधिक नुनको प्रयोगले रक्त्तचाप वढाउनुका साथै मृगौलामा नराम्रो दबाब पार्छ। दिनमा ५ ग्राम भन्दा वढी नुनको प्योग स्वास्थ्यको लागि हानिकारक सावित भएको छ।

३) धुम्रपान र मदिरा त्याग्ने

धुम्रपान र धेरै जाँड रक्सी सेवनले मृगौलामा थप नकारात्मक असर पार्छ। कुलतको बाटो छाडी स्वस्थ रहन सिकौं।

४) मासुको बढी प्रयोग

नियमित रुपमा बढी मासु खाने व्यक्तिको मृगौलामा नराम्रो असर पर्छ । अत्यधिा मासुको प्रयोगले थप अन्य रोगहरु निम्त्याउने गर्दछ।

५) चिया कफीको वढी सेवन

चिया कफीले शरीरमा क्याफिनको मात्रा वढाउँछ जसले मृगौलालाई भार पर्छ। यस्ता पेय पदार्थको कम सेवन गर्ने बानी बसाल्नु नै मृगौलालाई स्वस्थ राख्नु हो। 
यसैगरी जथाभावी आर्यूवेद वा एलोपेथिक औषधी, पेनकिलरको प्रयोग नगर्ने र दैनिक ब्यायाम गर्नु नै स्वस्थ र निरोगी जीवन बिताउने सुत्र हो।

मधुमेह र उच्च रक्त्तचाप भएका बिरामीको लागि मृगौलाको रोग सबैभन्दा ठूलो शत्रु हो। मनलाई शान्त र आनन्द महसुस  गराउन एकदम धेरै जरुरी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्