शुक्रबार, असोज १६, २०८३

गरिमा र सहारा विकास बैंकको एकीकृत कारोबार सुरु

गरिमा विकास बैंक र सहारा विकास बैंकको एकीकृत कारोबार कात्तिक २८ गते आइतबारबाट सुरु भएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– गरिमा विकास बैंक र सहारा विकास बैंकको एकीकृत कारोबार कात्तिक २८ गते आइतबारबाट सुरु भएको छ। 

गरिमामा सर्लाही जिल्लाको मलंगवा नगरपालिका–९ मा केन्द्रीय कार्यालय रहेको साविक सहारा विकास बैंक प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडका नामबाट एकीकृत कारोबार सुरु भएको हो। 

प्राप्तिपश्चात गरिमा विकास बैंकको जारी तथा चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार पुगेको छ। प्राप्तिपश्चात बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टरसहित १११ वटा शाखा कार्यालय हुनेछ। 

प्राप्तिप्रश्चात बैंकले सेयरधनी, सेवाग्राही, कर्मचारीलगायतका सम्पूर्ण सरोकारवालाको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिएको छ। 


प्रकाशित: Nov 15, 2021| 11:36 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्