शुक्रबार, असोज १६, २०८३

राष्ट्रिय वाणिज्य बैंक र आयल निगमबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा विना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा विना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि।कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौता भएपश्चात् निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले विना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ। 

बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ। हाल बैंकको आधार दर ५।४१ प्रतिशत रहेको छ। सम्झौताअनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ। यस सम्झौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, मुख्य शाखा कार्यालयकी शाखा प्रबन्धक दुर्गाकुमारी छत्कुल्ली कँडेल, विभागीय प्रमुख सरोज वस्नेत, सहायक शाखा प्रबन्धक हेमराज खरेल, निगमका नि निर्देशक सुषमा कुमारी कर्ण लगायत कर्मचारीहरुको उपस्थिति थियो। 

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ छ। 

प्रकाशित: Nov 15, 2021| 13:25 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्