शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चन्द्रागिरि हिल्सलाई बेस्ट लक्जरी रिसोर्टको अवार्ड

चन्द्रागिरि हिल्सलाई बेस्ट लक्जरी रिसोर्टको अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ।

भारतको नयाँदिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम बहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरेका हुन्।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलतथालक्जरी रिर्सोट लगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ।


प्रकाशित: Nov 15, 2021| 12:35 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्