काठमाडौं– सिद्धार्थ बैंकले काठमाकडौंस्थित अपाङ्गता संरक्षण नेपाललाई १०० वटा सेतो छडीका लागि आर्थिक सहयोग गरेको छ। बैंकले सामाजिकउत्तरदायित्व अन्तर्गत ९० हजार आर्थिक सहयोग गरेको हो।
सो रकम बैंकका कामु प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले अपाङ्गता संरक्षण नेपालका अध्यक्ष बिरोध खतिवडालाई हस्तान्तरण गरेको जनाइएको छ।