शुक्रबार, असोज १६, २०८३

दराजले दियो २४ घण्टामा ७ लाख प्रयोगकर्तालाई सेवा

अनलाइन सपिङ सेवा प्रदायक कम्पनी दराजले २४ घण्टामा ७ लाख प्रयोगकर्तालाई सेवा दिएको छ।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौँ– अनलाइन सपिङ सेवा प्रदायक कम्पनी दराजले २४ घण्टामा ७ लाख प्रयोगकर्तालाई सेवा दिएको छ। यस वर्षको नोभेम्बर ११ मा सञ्चालन गरेको'११.११' सेल मेलाले विगतका सबै रेकर्ड तोड्दै ७ लाखलाई सेवा दिइएको दाबी कम्पनीले गरेको हो। 

उक्त एकैदिनमा ३६ करोडभन्दा बढीका सामग्री बिक्री भएको समेत दराजको दाबी छ। उक्त मेलामा बिक्रीकर्तामध्ये ५५ प्रतिशले महामारीको समयमा दराजमा बिक्रीमा जोडिएको समेत कम्पनीको भनाइ छ। कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमको व्यवसाय उत्थान गर्न प्रयास गरेको बताइएको छ। 

'११.११' को कारोबारका विषयमा कुराकानी गर्दै दराज समूहका सीईओ र संस्थापक बियार्के मिक्केलसेनले भने, 'हामी आजको नतिजाबाट खुसी छौं। ११.११ को सफलताले दराजको बल र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई रेखांकित गर्दछ। यति मात्र नभई, यो एक दिनको सेलले कसरी साना र मझौला उद्यमहरूले आफ्नो सम्भावनालाई अनलानबाट वृद्धि गर्न सक्छन भनेर पनि चित्रण गर्दछ।'

कम्पनीले प्रत्येक वर्ष ४ वटा १ आउने मिति एघारौँ महिना(नोभेम्बर)को ११ मा तारेखमा सेल मेला सञ्चालन गर्दै आएको छ। चीनमा नोभेम्बर ११ मा सबैभन्दा बढी कारोबार हुने गरेको बताइन्छ। दराजमा चिनियाँ लगानी छ। 

प्रकाशित: Nov 13, 2021| 17:51 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्