शुक्रबार, असोज १६, २०८३

शुक्रबार मात्रै बैंकहरूले लिए २४ अर्ब तरलता सुविधा

शुक्रबार मात्रै बैंक तथा वित्तीय संस्थाहरुले २४ अर्ब २५ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं– शुक्रबार मात्रै बैंक तथा वित्तीय संस्थाहरुले २४ अर्ब २५ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्। तरलताका अभावका कारण बैंकहरुले ७ दिनका लागि ५ प्रतिशत ब्याजदरमा उक्त रकम सापटी लिएका हुन्। शुक्रबार मात्रै बैंक तथा वित्तीय संस्थाहरुले कुल १३ पटक गरी सो रकम चलाएका हुन्।

बिहीबार मात्रै बैंक तथा वित्तिय संस्थाहरूले ३५ अर्ब १० करोड रुपैयाँ एसएलएफ चलाएका थिए। यसअघि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो सुविधा पनि दिएको थियो। सिडी रेसियो व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण बैंकहरुले एसलएलएफ सुविधा लिएका हुन्। हाल बैंक तथा वित्तिय संस्थाहरुले सिडी रेसियो ९० प्रतिशत राख्नुपर्ने व्यवस्था छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सीसीडी रेसियो (पुँजी, कर्जा, निक्षेप अनुपात)को व्यवस्था हटाएर सीडी रेसियो (कर्जा-निक्षेप अनुपात) रहने व्यवस्था गरेको छ। जसका कारण बजारमा तरलता अभाव भएको तर्क बैंकर्सले राख्दै आएका छन्। 

हाल बैंकहरुले कर्जा विस्तार गर्न सकेका छैनन् भने केही बैंकहरुले सिडि रेसियो ९५ प्रतिशतसम्म पुर्याएका छन् । यदि राष्ट्र बैंकले दिएको सुविधा हटाउने हो भने बैंकहरुले तीन प्रतिशतको अनिवार्य नगद अनुपात (सिआरआर)पनि कायम राख्न नसक्ने अवस्थामा रहेका छन्। 

प्रकाशित: Nov 12, 2021| 17:06 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्