काठमाडौं- आज पनि सुनको मूल्य तोलामा चार सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सयले बढेर ९४ हजार ४०० कायम भएको छ।
बिहीबार सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो। महासंघले सार्वजनिक गरेको तथ्याकअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहने छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य बिहीबारको तुलनामा १५ ले उकालो लागेर एक हजार २८५ तोकिएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ।