काठमाडौं- पुँजीबजार सूचक नेप्से करिब ६० अंकले ओरालो लागेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार सबै उपसूचक ओरालो लागेर नेप्से २६९०.२९ अंकमा आइपुगेको हो। वित्तीय क्षेत्रको उपसूचक सबैभन्दा बढी ४.२२ प्रतिशतले घटेको छ भने लगानी समूहको उपसूचक ३.०५ प्रतिशतले ओरालो लागेको छ।
बिहीबार मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन्। उता आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्।
बिहीबार २२५ कम्पनीको सेयर ७३ हजार ३२८ पटकमा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ।
तिहारअघि केही दिन लगातार उकालो लागेको सेयर बजार तिहारपछिका दिनमा भने ओरालो लाग्ने क्रममा छ।