शुक्रबार, असोज १६, २०८३

तोलामा १३ सयले बढ्यो सुनको मूल्य

तिहार सकिएलगत्तै सुनको मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- तिहार सकिएलगत्तै सुनको मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा बिहिबार बढेर ९४ हजार  रुपैयाँमा कारोबार हुने जनाएको छ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। भने चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार हुनेछ।

प्रकाशित: Nov 11, 2021| 11:09 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्