आइतबार, वैशाख १६, २०८१

यसरी दिइयो उदाउँदो सूर्यलाई अर्घ्य [फोटो फिचर]

उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको हो।
 |  बिहीबार, कात्तिक २५, २०७८

जियालाल साह

जियालाल साह

बिहीबार, कात्तिक २५, २०७८

वीरगन्ज- उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको हो। बुधबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका व्रतालुहरूले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका छन्।

triton college

निर्जल व्रत बसेर ३६ घण्टा पानीसमेत नपिएर यो पर्व मनाउँदा सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास रहेको छ।

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले आज उदाउँदो सूर्यको पूजाआजा गरेका छन्। बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अँजुलीमा पानीभरि जल चढाउँछन् र पालैपालो ठेकुवा, फलफूल र मिठाई अर्पण गर्छन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत समापन गर्छन्। 

यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ।

 

corrent noodles
Metro Mart

 





प्रकाशित: Nov 11, 2021| 08:55 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।