कठमाडौं- नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४०० ले उकालो लागेर ९२ हजार ७०० कायम भएको छ। मङगलबार प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रहने छ जसको मूल्य मंगलबार ९१ हजार ८०० तोकिएको थियो।
बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ। चाँदी मंगलबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस एक हजार ८२६ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ।