शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकहरूलाई गभर्नर अधिकारीले भने- कानुनमा छिद्र खोजेर आफूखुशी काम नगर्नुस्

बैंकहरूलाई गभर्नर अधिकारीले भने- कानुनमा छिद्र खोजेर आफूखुशी काम नगर्नुस्

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन/नियममा छिद्र खोजेर आफूखुशी काम नगर्न बैंकहरुलाई सचेत गराएका छन्।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन/नियममा छिद्र खोजेर आफूखुशी काम नगर्न बैंकहरुलाई सचेत गराएका छन्। 

मंगलबार काठमाडौंमा नेपाल बैंकर संघको अधिवेशनमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेक्षालाई नजरअन्दाज गरी आफू खुशी काम नर्गन बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेका हुन्। उनले बैंकहरुले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिए। 

बैंकहरुले त्यसरी काम गरे वित्तिय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरुलाई सजग गराएका हुन्। बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै उनले हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्न समेत आग्रह गरे। 

बैकिङ प्रणाली चुस्त बनाउन बैंकले सहयोग गर्नुपर्ने बताउँदै गर्भनर अधिकारीले बैंकहरु प्रतिस्पर्धाबाटै चल्नुपर्नेमा प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा भएको बताए। 


प्रकाशित: Nov 09, 2021| 19:00 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्