शुक्रबार, असोज १६, २०८३

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा सुनको मूल्य आज सामान्य गिरावट आएको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले घटेको हो। आज प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ। त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। 

हिजो चाँदीको मूल्य १२५० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ।

प्रकाशित: Nov 09, 2021| 11:41 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्