शुक्रबार, असोज १६, २०८३

सेयर बजार परिसूचक १९.२ अंकले घट्यो

सोमबार सेयर बजारको परिसूचक १९.२ अंकले घटेको छ। सो अंकको कमीसँगै परिसूचक २८२९ मा झरेको हो।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं– सोमबार सेयर बजारको परिसूचक १९.२ अंकले घटेको छ। सो अंकको कमीसँगै परिसूचक २८२९ मा झरेको हो। सोमबार कारोबार रकममा पनि कमी आएको छ। चार अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

फाइनान्स उपसमूह २१ अंकले बढेको छ भने लगानी उपसमूहमा सामान्य वृद्धि भएको छ। बैंकिङ १९, व्यापार १४, होटल तथा पर्यटन २९, विकास बैंक ७०, जलविद्युत् १३, निर्जीवन बिमा १३७, उत्पादन २९, अन्य २३, माइक्रोफाइनान्स ५५, जीवन बिमा उपसमूह १०० अंकले घटेका छन्। सोमबार कुल ४२ कम्पनीको मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्य घटेको छ।

यस्तै साहस उर्जा, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर र मानुषी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। 

प्रकाशित: Nov 08, 2021| 15:55 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्