काठमाडौं- बैंक अफ काठमाडौंको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवणलाल मास्के नियुक्त भएका छन्। बैंकको बोर्ड बैठकले मास्केलाई सीईओको जिम्मेवारी दिएको हो।
बैंकमा कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको तीन महिना पुगेपछि बोर्डले उनलाई सिईओमा बढुवा गरेको हो।
तीन दशकअघि नबिल बैंकबाट बैंकिङ सेवा सुरु गरेका मास्केको नियुक्ति बैंकले बैंकिङ सेवामा थप उचाई हासिल गर्ने विश्वास बोर्डले लिएको छ। बोर्डले उनलाई कात्तिक १७ बाटै लागू हुने गरी नियुक्त गरेको हो।
बैंकका ९१ शाखा, ८१ एटिएम र १० वटा एक्सटेन्सन काउन्टर छन्।