काठमाडौं- तिहार सकिएलगत्तै सुनको मूल्यमा बृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको हो।
तिहार अगाडी अन्तिम पटक कारोबार भएको कात्तिक १८ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार थियो। तेजाबी सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँ थियो।
तर, आज बढेर छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ पुगेको छ। तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ।