काठमाडौं- सिलिंक ट्राभल्स एण्ड टुर्स प्रालिले आगामी वर्ष १५औं वार्षिकोत्सव मनाउँदैछ। सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने गरी स्थापना गरिएको सिलिंकले आफ्नो १५ वर्षे यात्रामा ठूलो छलाङ् मारिसकेको छ।
डेढ दशक लामो यात्रामा भएका परिवर्तनलाई आत्मसाथ गर्दै सिलिंकले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको सुरुवात गरेको जनाएको छ। नेपालीको महान् चाड दीपावलीको संघारमा नयाँ लोगो सार्वजनिक गरेको हो।
सिलिंकको निलो र सुन्तले रङ्ग (ब्लु एण्ड अरेन्ज) मा संयोजन गरिएको नयाँ लोगोले सिलिंकको नाम भित्रको मर्म मात्र नभएर आफ्ना ग्राहकको सन्तुष्टि र खुसीको समेत प्रतिनिधित्व गर्ने बताएको छ। कुनै एक विन्दुबाट अर्को विन्दुसम्म गरिने सबै किसिमका यात्राका लागि टिकटिङ्ग गर्ने सिलिड्ढस्ले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको छ।