शुक्रबार, असोज १६, २०८३

चीनद्वारा पृथ्वी विज्ञान उपग्रह प्रक्षेपण

गुआङ्मु नामक उपग्रहलाई लङ मार्च-६ क्यारियर रकेटले बिहान १०:१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको थियो।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

ताइयुवान (चीन)- चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ।

गुआङ्मु नामक उपग्रहलाई लङ मार्च-६ क्यारियर रकेटले बिहान १०:१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको थियो।

प्रक्षेपण केन्द्रका अनुसार यो लङ मार्च रकेट शृङ्खलाको ३९५ औं उडान मिसन थियो।

चाइनिज एकेडेमी अफ साइन्सेज द्वारा विकसित, उपग्रह (एसडीजीएसएटी-१) विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह हो जुन दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाप्रति गर्न समर्पित छ।

तीनवटा अप्टिकल पेलोडसहितको उक्त स्याटेलाइटले मानव र प्रकृति र दिगो विकासबीचको अन्तरक्रियाको अनुगमन, मूल्याङ्कन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सक्ने एकेडेमीले जनाएको छ। -रासस/सिन्ह्वा

प्रकाशित: Nov 05, 2021| 21:05 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्