शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा पाँच सयले घट्यो

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार तोकिएको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं- नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार तोकिएको छ। बुधबार प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज पाँच सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर छ। चाँदी बुधबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो।

प्रकाशित: Nov 04, 2021| 11:48 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्