शुक्रबार, असोज १६, २०८३

ईसीबीले भन्यो- ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’

युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले सन् २०२२ मा आफ्नो ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’ रहेको राष्ट्रपति क्रिस्टिन लागार्दले बुधबार बताएकी छन्।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

लिस्बन- युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले सन् २०२२ मा आफ्नो ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’ रहेको राष्ट्रपति क्रिस्टिन लागार्दले बुधबार बताएकी छन्। बढ्दो मूल्यप्रति इयू सदस्य राष्ट्रका केन्द्रीय बैंकरहरूलाई प्रतिक्रिया दिन दबाब दिँदै उनको यो भनाई आएको हो।

'हालको मुद्रास्फीति वृद्धिको बावजुद मध्यम अवधिको मुद्रास्फीतिको सम्भावना कम रहेको छ,' लागर्दले लिस्बनमा गरेको एक सम्बोधनमा भनिन्। 

सम्भावित दर वृद्धिका लागि ईसीबीको अवस्था ‘आगामी वर्ष सन्तुष्ट हुने सम्भावना धेरै नरहेको उनको भनाइ छ। 

यसअघि, ईसीबीले अनुमानित समय सीमाभन्दा अगाडि मुद्रास्फीति आफ्नो २.० प्रतिशत लक्ष्यनजिक नपुगुञ्जेल ऋण लागत बढाउने छैन भनी उल्लेख गरेको छ। बाँकी अवधिभरि नै मुद्रास्फीति त्यस स्तरमा वा त्योभन्दा बढी हुनुपर्छ र यसको आधारभूत मूल्य दबाबसम्बन्धी तथ्याङ्कले समर्थन गर्नुपर्ने हुन्छ। 

ईसीबीको २५ सदस्यीय परिचालक परिषद्ले गत हप्ता ऐतिहासिक न्यूनतामा ब्याज दर तोकेको थियो।  

प्रकाशित: Nov 03, 2021| 20:49 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्