शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • परीक्षा उर्तीण गरेको वर्ष बित्दा पनि स्मार्ट लाइसेन्स दिँदैन सरकार

परीक्षा उर्तीण गरेको वर्ष बित्दा पनि स्मार्ट लाइसेन्स दिँदैन सरकार

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन्।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन्। लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन्। 

यातायात व्यवस्था विभागले गत बर्षको भदौं महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ। तर, कोभिड लगायतका कारण कार्ड खरिद् गर्न नसकेको बहानाबाजी गर्दै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन। 

विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ। विदेश जाने र अति आवश्यक भएकाको हकमा भने लाइसेन्स वितरण भइरहेको छ। विभागका प्रवक्ता भुसालले सबै खरिद् प्रकिया सम्पन्न भइसकेकाले अबको दुई महिनाभित्र सबै काम सम्पन्न गरी वितरण गर्ने तयारी गरेको बताए। उनले १४ लाख स्मार्ट कार्ड आएसँगै तीन सिर्फटमा छपाईंको काम गरेर भएपनि वितरण गर्ने दाबी गरे।

विभागले दुई महिनाअघि पनि एक दुई महिनाभित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो। विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई अस्थायीरुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ।

प्रकाशित: Nov 03, 2021| 19:38 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्