शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पहिलो त्रैमासमा २५ प्रतिशत बढ्यो बैंकहरूको नाफा, कुन बैंकले कति कमाए?

पहिलो त्रैमासमा २५ प्रतिशत बढ्यो बैंकहरूको नाफा, कुन बैंकले कति कमाए?

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमास (साउन, भदौ र असोज)मा २७ वाणिज्य बैंकहरुले १८ अर्ब १८ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमास (साउन, भदौ र असोज)मा २७ वाणिज्य बैंकहरुले १८ अर्ब १८ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो गत वर्ष सोही अवधिको तुलनामा २४.५४ प्रतिशतले बढी हो। गत अर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १४ अर्ब ६० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। 

त्यस्तै चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ५ वटा बैंकहरुले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन्। बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नबिल बैंकले १ अर्ब ११ करोड २२ लाख कमाएको छ। यस्तै एनआइसी एसियाले १ अर्ब १८ करोड ६ लाख, एनएमबी बैक १ अर्व ४ करोड ४४ लाख, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ५ करोड ६ लाख र ग्लोवल आइएमई बैंक १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अवधिमा चार वटा वाणिज्य बैंकहरूको नाफा भने गत वर्षभन्दा पनि कम भएको छ। नाफा गुमाउने बैंकमा कुमारी बैंक, नेपाल बंगलादेश बैंक, प्रभु बैंक र प्राइम कमर्सियल बैंक छन्। 

सबैभन्दा बढी गुमाउनेमा नेपाल बंगलादेश बैंक छ। गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नेपाल बंगलादेशको खुद नाफा २७.९३ प्रतिशत घटेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्ष सोही अवधिको तुलनामा सिभिल बैंकले सबैभन्दा बढी २०१ प्रतिशत बढी नाफा कमाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल बैंकले ९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ। 

यो त्रैमासमा सबैभन्दा बढी कमाउने बैंकमा एनआइसी एसिया बैंक रहेको छ। बैंकले तीन महिनामा नै १ अर्ब १८ करोड खुद नाफा कमाएको छ। सबैभन्दा कम नाफा कमाउने बैंकको शीर्ष स्थानमा भने बैंक अफ काठमाडौं छ। बैंकले असोज मसान्तसम्ममा २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ। 

हेर्नुहोस् कुन बैंकको नाफा कति?

प्रकाशित: Nov 03, 2021| 18:26 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्