शुक्रबार, असोज १६, २०८३

दराज अफरका ११ भाग्यशाली ग्राहकलाई मोटरसाइकल उपहार

अलिबाबा समूहको दराज अनलाइन सपिङले वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल मेलाको आयोजना गरेको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं– अलिबाबा समूहको दराज अनलाइन सपिङले वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल मेलाको आयोजना गरेको छ। 

कात्तिक २५ गते आयोजना हुने मेलामा ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट, ११ जनालाई टीभीएस रेडर मोटरसाइकल जित्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ।

दराज प्रयोगकर्ताहरुलाई भव्य सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, मालभिका सुब्बा र ११ चर्चित सेलिब्रेटीहरू साथ दराजले २४ कात्तिकमा दराज एपमा ११ ११ ग्रान्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ। 

यसबाहेक ११ ११ अभियानमा रियल मिजीटि नियो टु जीको विशेष लन्चको साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेट, साथै फेसन, मोटर, संगीत वाद्ययंत्र, होम डेकोर र इलेक्ट्रोनिक्समा अद्भूत सम्झौताहरू रहेको मुख्य वक्ता चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेलले बताए।

प्रकाशित: Nov 03, 2021| 12:23 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्