काठमाडौं– तिव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कात्तिक २४ गते ल्याउने घोषणा गरेको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ, जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् ।
अधिकांश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिपको व्यापक अनुभव गराउन सक्दैनन्, रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पूरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरीज लिएर आउँदैछन् । चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाख भन्दा धेरै विक्री भइसकेको छ ।